Skip to content

‘गोर्खे साँहिला’ हैन म त


गीत लेख्छु, गजल लेख्छु गोर्खे साँहिला हैन म त
ब्यथा आफ्नै पोखे पनि ब्याकुल माइला हैन म त

साहित्यले नभरिने सधैं रित्तो झोली भिरदा [भिर्दा ]
कथा भए बैरागीको तर काइँला हैन म त

धेरै छन दाजु दिदी अग्रजहरू यो घरमा
कान्छो हुँ नि सिर्जानाकी ठुले ठाइँला हैन म त

पुगे कति धेरै माथी सिँढी चढी साहित्यको
तलै देख्छु आफूलाई दोश्रो, पहिला हैन म त

सिर्जनामा बोधगम्य ‘बुद्धि’ विवेक छरेपछि
हावा उड्दा मेटी जाने कुनै पाइला हैन म त

बुद्धि मोक्तान

3 thoughts on “‘गोर्खे साँहिला’ हैन म त”

  1. बुद्धी भाईलाई हृदयत धन्यवाद
    बुद्धी भाईलाई हृदयत धन्यवाद भन्न चहान्छु । यहाँको कलम अगाडि बढ्दै जाँदा सगरमाथा चुम्न सकोस, मेरो यही शुभकामना ।

    – गोर्खेसाइँलो (ऋषिप्रसाद लामिछाने)
    अध्यक्ष पल्लव साहित्य प्रतिष्ठान
    एवम् ‘प्रमुख सम्पादक’
    पल्लव साहित्यिक ई–पत्रिका
    ९८५५०५५३५१, ९८०४२५५३५१

  2. धन्यवाद
    मेरो सानो प्रयासलाई पढेर केही कुरा लेखी दिनुले म मा उर्लिएको हौसलाको बाँधलाई छेक्न निकै धौ धौ परेको यो बेला नघुर्की ,नफुर्की गोर्खे साँहिलो दाजुमा हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । धन्यवाद साँहिला दाजु ,नमस्ते

  3. ‘गोर्खे साँहिला’ हैन म त
    बुद्धिजी

    राम्रो गजल छ । वरिपरिका व्यक्तित्वहरू चित्रण गरेर गजल सजीव भा’को छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *