Skip to content

एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ


एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ

आकाश रुन्छ वर्षा हुन्छ तिमीलाई दुख्दा
बगर बन्छ आँखा मेरो अँश्रु झरी सुक्दा
कोमल तिम्रो ह्रदय छ उस्तै छन् ती पाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ

चोटहरुले गलाउँला कतै तिमीलाई
असीम प्रीत पिलाउँला यतै तिमीलाई
सुस्तरी बिर्स चोट अब मात्र माया लाऊ
सहलाउँछु दुख्या छाती अलि यता आऊ

एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ
सहलाउँछु दुख्या छाती अलि यता आऊ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

6 thoughts on “एउटै जस्तो लाग्न थाल्यो तिम्रो मेरो घाउ”

  1. सुनगाभाको घाउ
    dherai dherai mitho giti kavita. molai maan paryo. nepali film ko lagi lekhiyeko git jasto lagyo. Hero Rajesh Hamal lai, Rekha Thapa le gayeko jasto, Sambhu jit ko sangitma, Anju Panta ko swar.

    Mitho mitho.

    dhannebad

  2. लौ धन्यवाद यहाँलाई तारिफको
    लौ धन्यवाद यहाँलाई तारिफको लागि ।यति मिठो प्रतिकृया दिनुहुनेले आफ्नो परिचय वा नाम उल्लेख गर्नुभए सम्बोधन गर्न सजिलो हुनेथियो कि?

  3. mukunda prasad bhattarai

    thik 6
    giti kabita ramro 6
    sthai ani antara le geetlai susobhit banako6.
    yesari nai aafno sadhana lai agadi badaunus la.

    Dhunga ko kapa forera pani umrin6 pipala
    srijana shakti sansarma kaile hudaina bifala.

    1. धन्यवाद यहाँलाई मुकुन्द जी यति मीठो प्रतिकृयाको लागि।
      धन्यवाद यहाँलाई मुकुन्द जी यति मीठो प्रतिकृयाको लागि।

    1. धन्यवाद अश्रु जी यहाँलाई पनि।
      धन्यवाद अश्रु जी यहाँलाई पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *