बहार बनी आऊ यो जिन्दगीमा, सुबास छर्नलाई
समर्पण गर्छु सारा आउन आऊ राज गर्नलाई
तिम्रो सामीप्यमा आफैलाई भुली दिनेछु म
हरेक दर्द आफै लुकाई सँधै फूलिदिनेछु म
दिलको घैलो खाली छ प्रिय आऊ न भर्नलाई
समर्पण गर्छु सारा आऊ न आऊ राज गर्नलाई
यही ऋतु भोलि हुन्न त्यही हो जोवन पनि
आउँछ जान्छ रोकिन्न त्यही हो यौवन पनि
फूलौँ-फलौ बैंश छँदै प्रिय हामी सँगै झर्नलाई
समर्पण गर्छु सारा आउन आऊ राज गर्नलाई
बहार बनी आऊ यो जिन्दगीमा, सुबास छर्नलाई
समर्पण गर्छु सारा आउन आऊ राज गर्नलाई
राजेश रुम्बा लामा “अतृप्त”
१७-११-११
