Skip to content

लट्ठई पार्यो साँच्चै तिम्रो आँखा कर्काइले


लट्ठै पार्यो साँच्चै तिम्रो आँखा कर्काइले
ज्यानै फाल्ने मोह बढ्यो जिउ मर्काइले

किन होला यस्तो जादु गर्छौ आजकाल
गा’को भए बेशै हुन्थ्यो मार्यो फर्काइले

बोलिरहूँ जस्तो लाग्छ हेरी रहूँ जस्तो
डर बस्यो मन भित्र तिम्रो झर्काइले

यौटा चिठी लेखि बसेँ सारा मनै खोली
भन्ने आँट कैल्यै छैन मुटु चर्काइले

आज मौका छोपी सबै देवी देउता भाकेँ
भनुँ भनी पर्खी बस्दा भागें थर्काइले

Leave a Reply

Your email address will not be published. Required fields are marked *