Skip to content

कस्तो दिन आयो आज जस्ले पनि ढाँट्ने गर्छ


कस्तो दिन आयो आज जस्ले पनि ढाँट्ने गर्छ
आमा रुँदा आज भोलि मेरो छाती फाट्ने गर्छ

माया गर्छु भन्नेहरू जब लागे टाढा हुँदै
विदेशीले राष्ट्रियता डलरमा साट्ने गर्छ

जन्म दियो शिक्षा दियो काम कुनै छैन भन्दै
बिदेसिने मेरो साथी यस्तै कुरा काट्ने गर्छ

माया मोह कुनै छैन मात्र धन भए पुग्छ
यता आफ्नो छैन भन्दै उतै डोरी बाट्ने गर्छ

आऊ साथी केही गरौँ सँगै बाँचौँ सँगै मरौं
भन्दा मैले रिसाएर माथा मेरो चाट्ने गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *