मलाई अलिकति धैर्य र जाँगर देऊ आमा,
खहरेको भेल होइन सहन सक्ने सागर देऊ आमा।
यो बलियो पाखुरी र फराकिलो छातीहरू,
यो हत्केलाभरि उत्साहको संसार देऊ आमा।
सबथोक हारेर पनि हिम्मत हार्न चाहन्न म,
फेरि एकपटक हौसलाको मुहार जगाइदेऊ आमा ।
ब्यर्थ नहोस् मैले बचेँको यी अमुल्य क्षडहरू,
हरपल जीवन खुशी हुने केही उद्गार देऊ आमा।
छरिएका छन नशा-नशामा संघर्श र उत्साहका ताराहरू,
मिठो सपना साकार हुने झकार देऊ आमा।
संघर्षसिल यी पाइलाहरूबिच बाटोमा नअड्कियोस आमा,
लक्ष्यमा पुगुन मेरा पाइलाहरू धेरै आशिर्बाद दिनु मलाई।
