हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ
घुर्क्याउँदै तिमीलाई सताउने म, बहाना गरी फकाउँछौ
जसरी छोपिन्छ चाँदनी, बादलको घुम्टो लपेटी
उसरी छिन-छिन हराएर, यो प्यासीलाई छकाउँछौ
खै के छन तिम्रा आँखामा, नहेरी रहनै सक्दिन
खिँचेर नजिक झन नजिक, ब्यर्थै पो किन धकाउँछौ
नदेखे एक पल आत्तिँदै, जागेर बिते रात भन्छौ
स्पर्श पाए यी हातको, मख्मली निदमा झकाउँछौ
हेरेर तिमीलाई नथाक्ने म, नदेखिएरै थकाउँछौ
घुर्क्याउँदै तिमीलाई सताउने म, बहानागरी फकाउँछौ
