फूलको पनि लहरा, लहराले कस्न थाल्यो
तिमीलाई हेरिरहुँ, कस्तो बानी बस्न थाल्यो
नआऊ भन्छु सम्झनामा बिम्ब बनी आईदिन्छौ
भुल्न खोज्छु तिमीलाई हृदयमा छाईदिन्छौ
कसो कसो मनभित्र तिम्रो माया पस्न थाल्यो
तिमीलाई हेरिरहुँ, कस्तो बानी बस्न थाल्यो
नलाऊ माया भन्दा मन आत्तिएर रुन खोज्छ
हिउँ जस्तै चिसो मुटु घामलाई छुन खोज्छ
बाटो कतै बिराउँला भन्दा भन्दै फस्न थाल्यो
तिमीलाई हेरिरहुँ, कस्तो बानी बस्न थाल्यो
फूलको पनि लहरा, लहराले कस्न थाल्यो
तिमीलाई हेरिरहुँ, कस्तो बानी बस्न थाल्यो
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौँ