Skip to content

सुन्दर रहेछ मेरै संसार टालै-टालो लाए पनि

झुपडीमा जन्मी हुर्की खोले पिठो खाए पनि
सुन्दर रहेछ मेरै संसार टालै-टालो लाए पनि

धेरै देखें यो संसारमा अन्धकारमा जिउने
ममताको खडेरीमा आँशुधारा पिउने
हाँसे नाम्लो डोको बोकी लेक-बेंसी धाए पनि
सुन्दर रहेछ मेरै संसार टालै-टालो लाए पनि

सँधै पा’थिएँ बाको आशिष माँको न्यानो काखा
कसै सामु झुक्न दिएन बोक्दै भोको आँखा
भोको नाङ्गो हटाउनु भो बिसाल सास्ती पाए पनि
सुन्दर रहेछ मेरै संसार टालै-टालो लाए पनि

झुपडीमा जन्मी हुर्की खोले पिठो खाए पनि
सुन्दर रहेछ मेरै संसार टालै-टालो लाए पनि

-राजेश रुम्बा लामा “अतृप्त”
०१-१२-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *