मेरो
एउटा ‘म’ छ
यहा“को स्थितिमा
सदा आफूलाई मरेको पाउ“छ
तर सधैका लागि
कहिल्यै यो मर्दैन
र, यो बा“चेर उठ्छ/जिउ“छ
मेरो
एउटा ‘म’ छ
यहा“को स्थितिमा
सदा आफूलाई मरेको पाउ“छ
तर सधैका लागि
कहिल्यै यो मर्दैन
र, यो बा“चेर उठ्छ/जिउ“छ
किनभने
तयार छैन
म आफैलाई यसरी मरिदिन
कुनै प्रकार जीवनलाई घिसारिरहन्छु
यही अवस्था आज
यस देशको क्रान्तिको छ,
र, प्रजातन्त्रको पनि
यहा सधै आन्दोलन हुन्छ
तर सधै प्रजातन्त्र मर्दछ
सत्य भनु त
यहा
प्रजातन्त्र कहिल्यै जिउ“दो रहन्न
केवल त्यसको लास
जीवित छ आजपर्यन्त ।
नेपाल साप्ताहिक
अंक १२४
