Skip to content

आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु

“गीत”
पटुकिले कस्नु गुनिउ लाज छोप्न च्याते सिउनु
आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु
________________________________
इज्जेत गर्नु पर्छ हामीले आफ्नै भाषा आफ्नै भेषलाई
चिनोस सारा दुनियाँले छुट्टै पनमा हाम्रो देशलाई
मुखको स्वादमा भुल्नु भन्दा गुन्द्रुको झोल नै पिउनु
आफ्नै पनमा इज्जेत हुन्छ प्रिय गर्व गरि पर्छ जिउनु
_________________________________
बाहिरी चमक देखाएर भित्रि खोक्रो हुनु-हुन्न
हावा चल्दा आधुनिकको त्यसले हामीलाई छुनु-हुन्न
बाट्नु कपाल दुइ चुल्ठी लाली-गुराँश सिउरिनु
जोगाउनु छ हाम्रो संस्कार प्रिय बोल्दा हल्का निउरिनु 🙂
_________________________________
पटुकिले कस्नु गुनिउ लाज छोप्न च्याते सिउनु
आफ्नै भेषमा हुन्छ इज्जेत गर्व गरि पर्छ जिउनु
___________________
राजेश रुम्बा लामा “अतृप्त”
०२-१२-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *