देश दुखेको बेला
अलिकति खुसी समेट्न खोजिदै गर्दा
मेची भक्कानिएर डाको छाड्दै रुदोछ
महाकालीको पीरहरू हृदयभित्र उकुस मुकुस हुन्छ
कसले रोपिदियो सन्तानको गिदीमा
जात र धर्मको निको नहुने घाउ
सबलाई चाहिएको छ यो देश टुक्रा टुक्रा
बाँदरहरू नभत्काऊ फेरि बन्न मुस्किल हुने गरी
दलालीको भात खाएर देश बाच्ने हे अबैध सन्तान
आमालाई टुक्रा परेर फेरि कुन आमा खोज्दै हिंडने
त्यो कलकल कर्णाली कोशी र तमोर सुनकोशी
लहलह फाट उकाली तराई पहाड हिमाली
सुन्दर स्वच्छ यो परिबेश बाँडी खानेहरूले लिलाम गर्नेछन
बुढो धरहराको फेदमुनि बसेर खित्का छाड्दै पागल पनको
नौटंकी बन्दगर, होस् भएकाहरू होसियार
हामी दुखले रगत पसिना पोखेर जोडिएको यो बर्तमान
कतै स्वतन्त्रताको नाममा, कतै बिकासको नाममा
प्रजात्रन्त्रको नाममा, स्वायतताको नामंमा
मगर, तामांग, थारु, नेवार, खस, सेर्पा
मधेसी, पहाडी, हिमाली रमगराती र तमुवानिको नाममा
भो बन्दगर तिम्रा बकबास फगत पहिचान रचिनारीको भाषण
नेपाली हुनुमा गर्ब गर्न नसक्ने हरू
के चाहन्छन फेरि लडाई झगडा काटाकाट मारामार
मेची लाई पहिरो जादा महलाली दुख्नु पर्ने हो
कुरो समानताको, कुरो संमान र समान बितरणको
घर बलियो भए छिमेकीको केही जोर चल्दैन
देश दुख्दा के तिमीलाई पोल्दैन ।
