Skip to content

किन लाग्छ मलाई सधै यो जिन्दगी खालि खालि

  • by


किन लाग्छ मलाई सधै यो जिन्दगी खालि खालि
कहिले फुल्छौ भन तिमी यो मनको डाली डाली
तिमी हाँस यो जिन्दगी जून बनी झिली झिली
रोयौ भने जूनकिरी झै लाग्छ जीवन पिली पिली ।

तिमी उता रुँदा यता रारा फेवा छचल्किन्छ
निको भयो भन्छु घाउ ताजा भनी बल्झिदिन्छ
शिरानीमै बोले बोले जस्तै लाग्छ तिम्रो फोटो
कुन मसीले लेखिदियो निधारमा कर्म खोटो ।

कहिले भेटी तिमीलाई सँग बसी रमाउनु
मेरी माया भनी कन कोमल हात समाउनु
तिम्रै यादमा निशानहरू शिरानीमा गाडेको छ
सम्झनामा सधै तिम्रै धड्कनहरू बढेको छ ।

डर लाग्छ कतै तिमी एकान्तमा टोलायौ की
झस्किएर सपनामा निन्द्रा बाटै बोलायौ की
रहरका फूलहरू गोड मेल गर जतनले
मलजल स्याहार गर तिमी आफ्नै खटनले ।

तिर्थ”यात्री”पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *