Skip to content

मौनताको त्यो ताली मिठो लाग्यो

  • by


असमर्थ भएर बजाएनौ, मौनताको त्यो ताली मिठो लाग्यो,
रिसाएर उस्तै भुनभुनियाऊ, मनमनैको त्यो गाली मिठो लाग्यो ।

बुझ्दै नसक्नुको कला, मनको त्यो जाली मिठो लाग्यो,
उन्मादमा छछल्किएको यौवन, रुपको त्यो काली मिठो लाग्यो ।

बेवास्तामा छाडी जाने, हेलाको त्यो बानी मिठो लाग्यो,
नपाएर तिमीलाई छटपटीमा, तिर्खाको त्यो पानी मिठो लाग्यो ।

रोजी हिंड्ने फूलहरू, फुलबारीको त्यो माली मिठो लाग्यो,
कुल्चेर नजाऊ पालुवालाई, बिकासे त्यो बाली मिठो लाग्यो ।

असमर्थ भएर बजएनौ, —————
रिसाएर उस्तै भुनभुनियाऊ, ————-

सुजन सेलिङ “लुङमाहिम साईला”

Leave a Reply

Your email address will not be published. Required fields are marked *