Skip to content

योवनको गल्ती

तिम्री रुपको बयान धेरैले गरेको नि देखें ।
तेही रुपको बिषले कयौं मरेको नि देखें ॥

फूलले आफ्नो सुन्दरताको जति बयान गरेनी,
आखिर एक दिन ओइलिएर झरेको नि देखें ॥

आफ्नो योवनको पासोले अरुलाई कस्न खोज्दा,
कयौंले आफ्नो प्यासि मन भरेको नि देखें ॥

तिम्री रुपको बयान धेरैले गरेको नि देखें ।
तेही रुपको बिषले कयौं मरेको नि देखें ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *