Skip to content


ईश्वर,
बुझे, पुजे हुन्छ,
नबुझे डस्टरले पुछे हुन्छ,

ईश्वर,
आस्था हो,
गाथा हो,

अस्थिर मनको साथी हो,
अस्थिर तनको सारथी हो,

मन्दिरको घन्टा बजाउदैमा,
भक्ति भजन भजाउदैमा
ईश्वरले दर्शन दिने हैन,
नबजाउँदैमा
नभजाउँदैमा
दूर दर्शन हुने हुने हैन

हरेक मान्छेको अत्ममा,
हरेक मान्छेको भावमा
ईश्वर हुन्छ

अल्लाहमा ईश्वर
जिससमा ईश्वर
इमानमा ईश्वर
इमाममा ईश्वर

चिन्न सके,
देख्न सके,
जतात्तै ईश्वर हुन्छ ।

दु:खमा साथको लागि
हाथ चाहिन्छ भन्ने छैन
मनको शान्ति
ठुलो महल र मलमा हुन्छ भन्ने छैन ।

बुझेर केही बिग्रिन्न
पुजेर केही बिग्रिन्न

त्यसैले
बुझे पुजे हुन्छ
नबुझे पुछे हुन्छ।

1 thought on “ईश्वर !!!”

  1. राहुलभाईले यो भन्दा राम्रो लेख्छन् ।
    क्याबात राहुलभाई ।
    मन परो है मन परो । अब, गजल ‘नि जावोस है ।
    ईन्तजारमा छु ।
    😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *