Skip to content


तारिफ अगाडि गरिदिन्छन
पछाडि कुरा काट्नेहरू ।
आस्वासनमा बाची दिन्छन
जिन्दगीलाई ढाँट्नेहरू ।१।

जिउन खोज्नेहरू यहाँ
पल-पल मरेर जिउँछन ।
पीडा-पीडामा बाँच्नेहरू
चोट भुल्न नशा पिउँछन।२।
पीडालाई कम गर्न खोज्छन
आफ्नै घाउलाई चाट्नेहरू ।
आस्वासनमा बाँचिदिन्छन
जिन्दगीलाई ढाट्नेहरू ।३।

मर्नु र बच्नुको अर्थ
आफैँमा केलाई हेर्छन ।
पीडालाई पार गर्नेहरू
सम्झी लामो सास फेर्छन ।४।
खुस-नसिब हुन सक्छन
पिडामा पीडा सत्नेहुरु ।
आस्वासनमा बाँचिदिन्छन
जिन्दगीलाई ढाँट्नेहरू ।५।

तारिफ अगाडि गरिदिन्छन
पछाडि कुरा काट्नेहरू ।
आस्वासनमा बाची दिन्छन
जिन्दगीलाई ढाँट्नेहरू ।।

पुस्कल पौडेल “प्रतिक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *