Skip to content

तिम्रै रानी हुँ भन्नेले पार्यो मलाई रुनी

“गीत”
मन नदुखाऊ मेरो राजा,मौका मिल्द बोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
उनको सामु पर्दा आज,अन्तै तर्कियो हो…….
थाहा छैन कुन शब्दले ,त्यो मन चर्कियो
हाम्रो प्रेम फूलाउनालाई,सबै जोखिम मोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
कोमल लाग्थ्यो त्यो मन फूल झैं,किन बदल्यो कुनी
तिम्रै रानी हुँ भन्नेले पार्यो मलाई रुनी
सयौं जुनी आँशु हाँसो,एकापसमा घोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_______________________________
मन नदुखाऊ मेरो राजा,मौका मिल्द बोल्छु भन्थी
नखोलेको मनको कुरा त्यहि बेला,खोल्छु भन्थी |
_________________
राजेश रुम्बा लामा “अतृप्त”
१२-१२-२०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *