मरे पनि हुन्थ्यो भन्ने यहाँ सबैको कहर छ
भुले मैले भोक अनि भुले मैले निन्द्रा पनि
सामुन्ने नै उभिएको छ मलाई लिन काल पनि
बुझ्ने छैनन कोही यहाँ मायाका भाकाहरू
मृत्यु नचाई जाउ बन्द गरि नाकाहरू
चास्किरहेछ मुटु मेरो सकिन माग्न बिदा
नरहे पनि म यहाँ आशिर्बाद छ तिमीलाई सदा
चिथोरेर मुटुलाई छिया छिया पार्दैछ
नजानिँदो गरी घुमाएर तिमी सामु सार्दैछ
पुकारेर कस्ले सुन्ने तिमी बरु टाढिदेऊ
सक्छौ भने मेरो निम्ति दुई थोपा आँशु झारिदेऊ
