क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा,
वेदनाको घाउ पनि मिठै मिठै हुन्छ कल्पनामा ।
सोचाइ उनको एकान्तमा सम्झी रुने बानी पर्यो,
मन्द मुस्कान अनि साथ मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
हात दिंदै उभिएकी रिमझीम साँझको अँधेरीमा,
हात चुम्न नपाए नि मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
उभिएकी २ हात जोडी विदाइ लिने वहानामा,
साथ छोडी गएपनि मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
हराउँदै मुटुभित्र कैले वाचा सँगै जिउने,
मुटु घोच्दै निस्के पनि मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
सम्झनामा परेलीले आँसु झार्दा पानाभरी,
सिरानी नै भिजे पनि मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
प्रेम बुन्छ बसी मनले कल्पनाको सँघारमा,
यथार्थमा विछोडिए पनि मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
दोषी छैन मेरो माया न त दोषी उनी हुन्छिन्,
चेतना यो गुमे पनि मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
ओझेल हुँदै क्षितिजमा हराउँदै तिमी गयौ,
विदाइका हात पनि मिठै हुन्छ कल्पनामा ।
क्षितिजको सयर गर्दा मिठै हुन्छ कल्पनामा ।।
सुरज गिरी
कावासोती, नवलपरासी
