Skip to content

चार मुक्तक

  • by


(१)
गरीबका छातीमा कुल्चेर माथि जानेहरू
नि:सङ्कोच मजदुरको पसिना खानेहरू
नतमस्तक भएर कति मनाउछौ उत्सब
भ्रम र रित्तो बकबास बाड्दै सती जानेहरू ।

(२)
सारा तिम्रा मनका ईच्छाहरू पुरा गरेर गयौ
रहस्य खोल्दै दुनियाँ सङ्ग कुरा गरेर गयौ
रित्ता भागहरूमा केही नयाँ पन नै छैन अब
त्यसैले त अभिनय गर्दै काम पुरा गरेर गयौ ।।

(३)
जीवनका सपनाहरू बिपनीमा उन्दै गन्थे
शरिरको यो आधा हिस्सा तिम्रै हो म भन्थे
प्राप्तिदेखि टाढाछु बग्ने सबै बगिसके
लुट्यो सबै बाँकी छैन पराइले भन्दै रुन्थे ।।

(४)
कुन संयोगमा तिमीलाई छुन पुगे
निरर्थक आबेगको शिकार हुन पुगे
प्रेमको उद्वेग के हो बुझिनौ तिमीले
आलो घाऊ चहर्याउदैन भन्दै रुन पुगे ।।

बिमल गिरी
ब्रसेल्स, बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *