गाँसे सम्म माया प्रिती,मनले आफ्नो भन्दो रहिछ ।
टाढा भए पछि आफैं,बिझाउने काडाँ बन्दो रहिछ ।
कसैलाई दोष दिनु किन,माया बिरानो आफैं हुदा
मुटु दुखाई रुनु किन,आफनाले पराई बनाई दिदाँ
बाचा कसम खानेले नै आखिर,माया जाली भन्दो रहिछ ।
गाँसे सम्म माया प्रिती,मनले आफ्नो भन्दो रहिछ ।
टाढा भए पछि आफैं,बिझाउने काडाँ बन्दो रहिछ ।
हिडेको छु म पाइला सारी,हाँस्दै यही धरातलमा
याद तिम्रो आई दिदाँ,सम्झन्छु तिमीलाई पल–पलमा
मनले चोखो माया दिदाँ,भन्नेले श्राप भन्दो रहिछ ।
गाँसे सम्म माया प्रिती,मनले आफ्नो भन्दो रहिछ ।
टाढा भए पछि आफैं,बिझाउने काडाँ बन्दो रहिछ ।
मन तिमीले अन्तै सारेउ,नयाँ घरको आँगनीमा
मलाई ठाढा बनाई आखिर,मेरो माया सारेउ मझेरीमा
बिर्से पनि याद तिम्रो,मुटु झस्की आउँदो रहिछ ।
गाँसे सम्म माया प्रिती,मनले आफ्नो भन्दो रहिछ ।
टाढा भए पछि आफैं,बिझाउने काडाँ बन्दो रहिछ ।
गाँसे सम्म माया प्रिती,मनले आफ्रनो भन्दो रहिछ ।,,,, दर्पण
