यहाँ अचम्म गरियो
बलत्कारमा तीन जना मारियो
उनी बेहोश भई मारिईन
देख्ने दुवैलाई बोलाइयो
धारिलो हतियारका धारले
पालैपालो छियाछिया पारियो
धनका आशी परदेशीको
ईज्जत लुटियो
चुट्नु चुटियो
निवस्त्र पारियो
कोतारियो
अंगअंग काटियो
चिरियो
रगताम्य पारियो र
मारिएको दृश्यलाई
क्यमरामा कैद गरी
यु-ट्युबद्वारा संसारभरि फैलाईयो
लुटेराहरू कुनै दुबई भागे
कुनैलाई मानसिक असंतुलन भनियो
घर
कतिका श्रीमान बर्बराए
कतिका सन्तान टुहुरा भए
कतिका बाउआमा बहिरा भए
सबले देखेको नदेखै गरे ।
रचना: मंसिर १५ गते कुवैत
