Skip to content

आत्मा-हत्याका बाधाहरू


जननी जुन आफ्नो
जन्म अनि भबिष्यदाता
जिन्दगीको ठुलो खेलको मैदान
जँहा अरु धेरै प्रतिस्पर्धी

आफ्नै रगतबाट प्राप्त
जननीलाई उपहार मात्र धोका
साथमा जननी अनि म
उनका ती आँशुका मुहानहरू
जीवनका विवश पाइला
अनि यी मेरा खाली हातहरू

उराठ लाग्दो यो
जीवनबाट टाढा
आत्माहत्या रुपी सडक
खोज्नु मेरो उदेश्य

संसारिक मायाजाल
जननीप्रतिको अनेकौ कर्तब्यहरू
यी सब मेरा
आत्मा-हत्याका बाधाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *