Skip to content

मेरो शिर झुकाएर गयौ


लाज, शरम कहाँ तिमीले लुकाएर गयौ ।
सदाको लागि मेरो शिर झुकाएर गयौ ॥

छातीमा टाँसिएर तारा गन्दै खाएका
बाचा, कसम सारा तिमी टुटाएर गयौ ॥

समाज सामु सती साबित्रीको पर्दा गरी
यौवनका सारा प्यास मलाई लुटाएर गयौ ॥

तन, मन र धनसँग खेल्नु जति खेलेर
यो श्यामलाई सडक मै सुताएर गयौ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *