Skip to content

उनी रिसाउदा घरभित्र एउटा आधी पस्छ
झ्याल-ढोका, थाल र रिकापीहरू
मस्तिष्क चर्कने गरी बज्छन् ।

सारीको सप्को उनको पटुकीभित्र खादिन्छ
चुल्ठो फुक्छ असरल्ल
तुफान उठ्ताको कालो बादलजस्तो ।

हठात् गति बढ्छ हिडाइमा उनको
क्रोध उनको अनुहारमा गुरा“सको खेती गरेर बस्छ ।

घामका किरणहरू घरका भित्ताहरूमा ओइलाएर र्झछन्
आ“खाबाट मोती झारिरहेका कलिला नानीहरू
दोस्रो काखतिर बसाइ“ र्सछन् ।
मेरो छातीमै मुख लुकाएर बसेका नानीहरू बोकेर
कैले त म पनि आमा हुन्छु ।

केहीबेर अ“गेनामा चिसो उग्राएर बस्छ
केहीबेर पूजाकोठामा लयहीन घण्टी बज्छ ।

समय एकछिन घरभित्र विप्लव उफारेर मजा लिन्छ
तर एकैछिन हो,
आधी घर हल्लाएर गइसकेको हुन्छ
हर्ेर्नु, अझै उनको अधरबाट जून खसेको हुदैन ।

नेपाल साप्ताहिक
अंक ११४

Leave a Reply

Your email address will not be published. Required fields are marked *