१,
कति छट्पटिन्छु म, हरेक साँझलाई सोधी हेर
कति गहारो हुन्छ एक्लै, बिछोडको खोल ओडी हेर
भन्न त भन्छन् सबले, धन टिप्दैछ परदेशमा,
कति मुटु दुख्छ यहाँ, आफ्नो भूमि छोडी हेर । 🙁
२,
मर्न लाग्दा पानी माग्दा, दिने हुन्नन् पर्देशमा
हाँस्लान् बरु अरु डुब्दा, रुने हुन्नन् पर्देशमा
संस्था पनि छन् यस्तो, आ-आफ्नै लागि मात्रै,
अरु मरोस् या बाँचोस्, छुने हुन्नन् पर्देशमा । 🙂
३,
आफ्नै मझेरीमा नाच्न नि पाईदैन यहाँ
पीडा लुकाई मुसुक्क हाँस्न नि पाईदैन यहाँ
जे गरे नि डाहा गर्छन्, मानवरुपी दानवहरू,
आफ्नै धरातालमा बाँच्न नि पाईदैन यहाँ । lol 🙁
राजेश रुम्बा लामा “अतृप्त”

ramro 6.
ramro lagyo.pheri ni attach gardai garnu hola.