आगोभन्दा तातो
हिउँभन्दा चिसो
मुटु बोक्नेहरू
देशको लागि बलिदान दिनेहरू
मलाई शहिदको परिचय देउ
एउटा दस्तावेज बनाउनु छ
रिक्त मष्तिस्कहरूमा खनाउनु छ
देशको मर्म
आफ्नो धर्म
फटाएको गुन्युभित्र
जसोतसो धानेका शर्म
सबै सबै आङमा बोकेर
बैरी शत्रु सीमामा रोकेर
मर्नेहरू शहिद हुन् की?
दलगत स्वार्थ बोकी
पार्टीको झण्डा बोक्नेहरू
झुटा गफ दिदैं
नेता बनि खोक्नेहरू
या दिनदहाडै बन्दुक तेर्यासाउनेहरू
सिधै आम जनता सेर्याउनेहरू
गुण्डाराज गर्ने गंगटाहरू पो
शहिद हुन्?
म दोधारिएँ
निकास देउ
शहिदको परिचय देउ
छिट्टै एउटा दस्तावेज बनाउनु छ
रिक्त मष्तिस्कमा खनाउनु छ
किनकी भोलिका दिनमा
नेपाल बन्द नहोस ।
राजेश रुम्बा लामा ‘अतृप्त’

manma lageko kuro
kawitaale kehi hadsamma bastawikta uthan gareko painchha bhaab mitho chha “atripta”ji