खाऊँ भने सरुवा हुने डर
नखाऊँ भने छेरुवा भनिने डर
तिमीले मागेर खान्छौ होला
त्यसैले तिमीले खाएको घुस
आफूले त पाइन्छ र खाइन्छ
त्यसैले मैले खाएको खूस ।
नखानेहरू यहाँ
न टिक्छ न बिक्छ
जस्ले खाँदैन खुवादैन
त्यसैलाई बिभागले झिक्छ
बिभाग पनि त खानेहरूलाई हो
नखानेलाई त बिना बिभागीय ठिक छ ।
टन्न हसुर्न सक्नेलाई यहाँ
टनका टन घुस छ
त्यो पनि पचाउन नसक्नेहरूलाई
स्याउ अनारको जुस छ
यहाँ नखाएर कस्को महल बन्छ र ?
नखानेको मात्र छानामा फुस छ
यहाँ त
खानेहरू बुद्दिमान
खानेहरूकै अभिमान
नखानेको बुद्धिमा भुस छ
दिनेले दिएका छन् र
खानेहरूले पनि खाएका छन् भने
नखानेको मुख किन ठुस ठुस छ ।
त्यसैले
पाइन्छ भने रोजी रोजी खाऊ
पाइन्न्न भने खोजी खोजी खाऊ
तर जसरी पनि खाऊ
नत्र भने नखानेहरूलाई कम्फु कराते हुस छ ।
