थरीथरी चुला बल्छन् घरभित्र आज
भन्छन् एउटै जहान हौँ नमानेर लाज
हिजोअस्ति एउटै थिए ताज पहिरी बस्ने
६ सय १ ले पहिरेका छन् आज त्यही ताज
संविधान बन्दै गर्ला सुविधा भोगौंँ पहिला
जागिर खाने थलो बन्यो त्यही सभा आज
गुन्डागर्दी र अपराध गर्नेकै छ बोलबाला
तिनकै नेता-कार्यकर्ता, तिनकै चल्छ राज
आफ्नै हातमा डाडूपन्यौँ म्याद थप्न केको दुःख
कुर्सी फाल्छन्, हाई गर्छन् नपाई काम काज
जनता छन् शान्तिप्रेमी परेवाझैँ उड्न खोज्ने
त्यही शान्तिलाई झम्टी बस्ने नेता बने बाज
कोठैपिच्छे चुला बल्छन् घरभित्र आज
भन्छन् एउटै जहान हौँ नमानेर लाज
नेपाल साप्ताहिक अंक ४७३
