Skip to content

चोखो मायाको पाप लाग्ला


मलाई छोडी गए तिमीले
चोखो मायाको पाप लाग्ला,
उल्टै तिमीले म तिर हेरी
भन्यौ तिमीलाई श्राप लाग्ला।।१।।

पुजा गरिरहेँ तिम्रो
मानी भगवान पुजिरहेँ,
बाली दियो त्यो मन्दिरमा
मन भित्रै थुनिरहेँ।।२।।

निष्ठुरी भई छाडे साथ
बलेको मायाको राप लाग्ला,
उल्टै तिमीले मतिर हेरी
भन्यौ तिमीलाई श्राप लाग्ला।।३।।

गुम्साई मनमा धेरै पीडा
आफैं पागल भई रहयौं,
बुझ्न सकिनौ मेरो माया
रुँदै टाढा गई गयौ।।४।।

दुखाई गए नि मेरो मन
मेरै मायाको छाप लाग्ला,
उल्टै तिमीले मतिर हेरी
भन्यौ तिमीलाई श्राप लाग्ला।।५।।

कहिलेकाहीँ झस्की आफैं
मेरो तस्बिर छोयौं भने,
सम्झी–सम्झी मेरो माया
तिमी आफैं रोयौं मने।।६।।

तिम्रो अगाडी मेरो हैन
कसैको मायाको धाप लाग्ला,
उल्टै तिमीले म तिर हेरी
भन्यौ तिमीलाई श्राप लाग्ला।।७।।

मलाई छोडी गए तिमीले
चोखो मायाको पाप लाग्ला,
उल्टै तिमीले मतिर हेरी
भन्यौ तिमीलाई श्राप लाग्ला ।

दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *