काम गर्दा एउटाले
अर्काको चाहिँ मान भयो
मेरो माया जति सबै
तिमीलाई दान भयो ।।
पहिले माया उसैले
करलागी गरायो
जिताउनु त कता–कता
उल्टै पो हरायो ।।
जो धोकेबाज थियो
उसैको चाहिँ सान भयो
मेरो माया जति सबै
तिमीलाई दान भयो ।।
मेरो मायाले गर्दा
उसलाई काईदा भयो
मैले लाको मायाले
अर्कैलाई फाईदा भयो ।।
बोल्ने जिब्रो भए पनि
समातिने कान भयो
मेरो माया जति सबै
तिमीलाई दान भयो ।।
पुस्कल पौडेल (प्रतिक)
