सल्लेरीको हावा भयो नेताजीको बोली
सेलाएको तावा भयो नेताजीको बोली ।
हामीलाई उल्लु बनाई राजाइँ गरी छाडे,
मुलुकलाई धावा भयो नेताजीको बोली ।
साँझपख रक्सी खाँदा हात्ती जत्रा कुरा,
अहिले भने छावा भयो नेताजीको बोली ।
गफगाफ सँधै गर्छन् क्विन्टल भन्दा ठूला,
काम गर्दा पावा भयो नेताजीको बोली ।
शान्ति अनि सम्झौताका कुरा गर्दै हिँड्थे,
जनता पोल्ने ढावा भयो नेताजीको बोली ।
