Skip to content

पासपोर्ट र जुवा

  • by


खालमा अन्तिम दाउ,
द्रौपदी राखेर
आशा विछयाउँछ
युधिष्ठिर !

जव पासा फिंजारिञ्छ
पश्चतापमा झोक्रिन्छ
नतिजा वोकेर
युधिष्ठिर !

आज धेरै युधिष्ठिरहरू
हरिया, राता पासपोर्टहरू वोकेर
खोज्दैछन अखडाहरू
जुवाबाटै जिन्दगी बनाउन
सादृष्य धृतराष्ट्रहरू
विश्वास गर्दैनन् “हलो जुवामा”
तर
जीवन देख्छन
केवल जुवामा
त्यसैले पनि
अचेल युधिष्ठिरहरू
वारीमा जुवा होइन
जुवामा वारी चलाउँछन्
अनि,
खोजेर रौनक जिन्दगीको
छिर्छन गल्ली, चोक र ढोकामा
रातो तुल विच्छ्याएका
शकुनीहरूका अखडाहरूमा ।

एडभान्समा चाके थाप्छन धन
गुम्छ त्यो एडभान्समै
वाजी लगाउँछन पासपोर्टको,
नलागेपनि भिसा त्यसमा
झोक्राउँछन पासपोर्ट हारेर
लागेपनि भिसा त्यसमा
झोक्राउँछन भिसामा जिन्दगी हारेर ।।

वागलुङ—हाल ओस्टण्डे बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *