पाएँ भने यही धर्तीको
माटो समाई मर्न सकुँ,
बगाई रगत तिमीलाई आमा
अनि स्वर्ग तर्न सकुँ ।।१।।
हुर्के तिम्रो छातीमा हेर
दुधको ऋण तिर्न छ,
बलभद्र भिमसेन सरी
मैले खुकुरी भिर्न छ ।।२।।
बाँधिएकी छौ जन्जिरले तिमी
तिमीलाई फुकाई मर्न सकुँ,
बगाई रगत तिमीलाई आमा
अनि स्वर्ग तर्न सकुँ ।।३।।
कमाई यहाँ कसले धेरै
धन दैंलत गन्न छ,
कपुत हैन देशका लागि
बिर सपुत बन्न छ ।।४।।
आशिर्वाद देउ अब मलाई
देशका लागि मर्न सकुँ,
बगाई रगत तिमीलाई आमा
अनि स्वर्ग तर्न सकुँ ।।५।।
पाएँ भने यहि धर्तीको
माटो समाई मर्न सकुँ,
बगाई रगत तिमीलाई आमा
अनि स्वर्ग तर्न सकुँ ।
दर्पण
