खहरेमा बग्ने कुनै खोला होइन जिन्दगी
छानी छानी सामान हाल्ने कुनै झोला हैन जिन्दगी
किनारालाई छोई भाग्ने कुनै छाल हैन जिन्दगी
माकुराले झै सधै बुन्ने कुनै जाल हैन जिन्दगी
वसन्तमा पलाएको कुनै पालुवा हैन जिन्दगी
किनारामा थुप्रिइएको कुनै बालुवा हैन जिन्दगी
टन्टलापुर घाममा देखिएको कुनै छाँया हैन जिन्दगी
दोवाटोमै छाडी भाग्ने कुनै माया हैन जिन्दगी
बार मासमा फक्रने कुनै बाहार हैन जिन्दगी
कसैले सौगात दिएको कुनै उपहार हैन जिन्दगी
खहरेमा बग्ने कुनै खोला होइन जिन्दगी
छानी छानी सामान हाल्ने कुनै झोला हैन जिन्दगी
दर्पण
