Skip to content

त्यसैले त भन्दै छु ।

त्यो हिउँ जस्तो स्तम्भमय शरिर,
जब म टक्क उभिएर टोलाउँछु ।
ठाउँ,ठाउँमा रहेका बुटा,बुच्चाहरुले
उनको स्पन्दनका लागि धाईरह्छन् ।
अनयासै रसाएको गहका आँसु
ताल बनेर भरिएका आँसुका खोबिल्टा,
अनि भित्र भित्रै जलेका बेदनाका घाउहरु,

बयान,
लहरीकन हावामा फरफराउने रेशम,
सुगन्धमयी फुलले छर्ने निश्वार्थ सुबाष जस्तै,
या चाँदनी रातमा चम्कने कुनै असरुपी होस् ।
जे होस नागले लुकाएको मणि जस्तो,
अझ मृग नयनको त कुनै मोल नै छैन,
जसको अगाडी नौ लखा हार पनि फिक्का हुन्छ,
लत्रेको त्यो प्रत्येक लहरामा लाग्छ मलाई
उनको हाँसो,अनि त्यो सुन्दर मुहार,
जसको पथमा सावित्रीको भान हुन्छ,
लम्काईमा लाग्छ,स्वर्ग की परी हुन की ?
प्रकृतिको निश्वार्थ बरदान होस् या मेरो स्वप्नदोष,

अनि पागल,
प्रत्येक शब्द चयनमा स्तब्ध भएका मेरा औलाहरु
हरेक दिनका प्रतिक्षामा उनलाई कुर्दा कुदै थाकेका यी नयन,
विलासिताका लागि लालाईत छन,आज मेरा यी अङ्ग–अङ्ग
पल पल मरेको छ मेरो आवाज कृतिमता माझ
अनि पागल भएका मेरा मस्तिष्क,
एकोहोरो मायाको कोमलतामा डुबुल्की मार्दै
आफनो मनले दिएको झुटो आश्वाशनमा,
हरेको दिनको उज्यालो संगै,
सुर्यले दिएको न्यानो रापमा पिल्सिएको म !

अब फेरी
नवरुपी शब्द राखौं भने जसको कुनै अर्थ छैन,
टहकिन्छ जब मेरो हृदय देख्छु हरेक माझ उसलाई
टक्क उभिएका मेरा यी पाउ,टोलाएर हेरीरहेको छु उनलाई
अनयासै बिलिन हुदै गएको त्यो स्तम्भमा,
हरेक दिन हरेक रात खोज्छु,त्यही तस्बिर ?
आफै पिल्सी भित्र भित्रै जलेको छु,
हरेक दिन उनको यादमा परेको छु ।
जुन रङ्गको एक टुक्क्राले क्यानभासमा उतार्न सकिदैन ।
त्यसैले त भन्दै छु ,मेरी उनी, मेरी उनी, मेरी उनी……..को हुन ????…………. दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *