Skip to content

हिँड म तारी दिन्छु


कसैले खोट लाए मायामा, म आफैं परी दिन्छु ।
मर्नु पदैन तिमीले अब, सुन मैं मरी दिन्छु ।

खेल खेलायौ मायाको आखिर खेल कस्तो थाहै नदिई,
जित्यौ तिमीले भयो अब, जाने नि मैले हारी दिन्छु ।

संसार भुली माया लाए नि जुक्त्ति खोज्यौ पर सार्न,
भो तिमीले दुःख नगर, दुखे नि मुटु सरी दिन्छु ।

खुसी भई जाऊ अब, नखोज मनको पाना भर्ने,
मनको पाना मेरो आफ्नौ, रोई आफैं भरी दिन्छु ।

खोजी एक्लै सुःख सारा जान चाहान्छौ भने टाढा,
गहारो होला तिमीलाई तर्ने, हिँड म तारी दिन्छु ।

दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *