Skip to content

बल्ल थाहा भो मेरो भूमि, रहेछ स्वर्ग सरि


पाती फुल्यो अरे हजुर, मेरो खेतैभरि
रुँदै छिन रे बुढी आमा, बिलौना गरी

माना रोप्दा त्यही खेतमा, मुरी फल्ने गर्थ्यो
अभाव हुँदा दुई पैशाको, धान बेचेरै टर्थ्यो
हुर्क्या छोरा खाडी लाग्दा, धनको पछि परी
रुँदै छिन रे बुढी आमा, बिलौना गरी

पाती फुल्यो अरे हजुर, मेरो खेतैभरि
रुँदै छिन रे बुढी आमा, बिलौना गरी

साँच्चै धनको पछि परि, आएँ खोला तरी
बल्ल थाहा भो मेरो भूमि, रहेछ स्वर्ग सरी
फर्किदै छु खानालाई, लेक बेंसी गरी
नरुनु है मेरी आमा, बिलौना गरी

पाती फुल्यो अरे हजुर, मेरो खेतैभरि
रुँदै छिन रे बुढी आमा, बिलौना गरी

-राजेश रुम्बा लामा “अतृप्त”
०८-०१-२०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *