Skip to content


१. हे ब्रम्हदेव
नबढाई दे अझै
आयु रातको ।

२. बेचैन भएँ
निष्ठुरीको यादले
सिरानी धोएँ ।

३. सोधी हेर कि
मन फाटदा बग्ने
आँसुको मुल्य ।

४. त्यो भोको भुँडी
प्यासी आँखाको तृष्णा
चोरी र ठगी ।

५. ब्यस्त सडक
छातीमा बोझ थेग्दै
स्वर्गको आशा ।

3 thoughts on “आयु रातको”

  1. प्रयाश राम्रो छ
    लक्की तारा जी नमस्कार , हाइकुमा रुची राख्नु हुदो रहेछ, खुशी लाग्यो ,तपाईले गर्नु भयको मेहनेत र प्रयाश सारै राम्रो छ आगामी दिनमा पनि मझेरी मार्फत रचना पढ्न पाउने आशा छ है ….

    प्रकाश पौडेल माइला
    योकोहामा,जापान

    1. तारा प्रसाद चापागाई

      रचना पढेर प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद ।
      प्रकाश जी तपाइलाई पनि नमस्कार, रचना पढेर प्रतिक्रिया दिनु भएकोमा धेरै धेरै धन्यवाद । हजुरको आशा पुरा गर्ने कोशिस गर्नेछु …… ।

      chapagain_t@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *