Skip to content

आफ्नै भूमि प्यारो हजुर, पाओस हजार चोट


डाँफे नाच्ने बन अनि, गुराँश फुल्ने पाखा
बिर्सिएको छैन मैले, हिमालको काखा

कुन चरीले भुल्न सक्ला? आफ्नै रनाबन
टाढा हुँदा तड्पिँदै, रुन्छ बरु मन
सारंगीको धुन अनि लेक-बेंसीको भाका
बिर्सिएको छैन मैले, हिमालको काख ।

लेकको चौरी खर्क मेरो, बेंसी भैंसी गोठ
आफ्नै भूमि प्यारो हजुर, पाओस हजार चोट
पाए पनि सुख- चैन मैले लाखौं -लाख
भुल्ने छैन सुन्दर ती, हिमालको काख
भुल्ने छैन सुन्दर ती, हिमालको काख ।

डाँफे नाच्ने बन अनि, गुराँश फुल्ने पाखा
बिर्सिएको छैन मैले, हिमालको काख
भुल्ने छैन सुन्दर ती, हिमालको काख ।

राजेश रुम्बा लामा “अतृप्त”
२०१२-०१-१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *