Skip to content

त्यतिबेला झर्छन् ती बैरीहरू


जताततै अशान्तिको किन बिऊ, छर्छन् ती बैरीहरू ।
दाजुभाइको बिच बिचमा बिष, भर्छन् ती बैरीहरू ।

भावना समेटी बनाएका झुप्रा, असभ्य बनी भत्काएपछि,
न्याय प्रेमी नेपालीको घेरामा एकदिन, पर्छन् ती बैरीहरू ।

मेची काली कुलेसरी जब धैर्यका बाँध फुटछन्,
जङ्गे पिलर छोडी अनि खोला, तर्छन् ती बैरीहरू ।

सामना गर्नुछ पछि नहटी वीर गोर्खालीको गाथा समेटी,
एकतामा ठुलो बल हुन्छ कुनै दिन, मर्छन् ती बैरीहरू ।

आक्रोश मनको आफैं मारिन्छ, अब बुद्ध प्रिय भई लडिन्छ,
काडाँ हैन फूल बनी त्यतिबेला, झर्छन् ती बैरीहरू ।

दपर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *