प्रेममा क्रान्ति गर्नेहरू
सखाप पारे पनि यहाँ, माया प्रीतिका बस्तीहरू
अमर रहनेछन् सधैँ, प्रेम युगका हस्तीहरू ।।
भित्र–भित्रै मायाको, ओत लगाई बस्छन् कति
टक्कर लिनेहरूमा त्यहाँ, मर्नेछन दुस्मन जती ।।
मार्नलाई घुमे पनि, दुस्मनका गस्तीहरू
अमर रहनेछन् सधैँ, प्रेम युगका हस्तीहरू ।।
खोजेर मार्नलाई, दुस्मनले चुने पनि
भाग्न सफल हुन्छन् प्रेमी, काल कोठरीमै थुने पनि ।।
टिक्न गाह्रो उठे भने, ओइली गलेका मस्तीहरू
अमर रहनेछन् सधैँ, प्रेम युगका हस्तीहरू ।।
सखाप पारे पनि यहाँ, माया प्रीतिका बस्तीहरू
अमर रहनेछन् सधैँ, प्रेम युगका हस्तीहरू ।।
पुस्कल पौडेल (प्रतिक)