तिमीलाई मन पराएको सजाय भोग्दैछु प्रीया
फर्किन्छ्यौ कि फेरि भनी भगवान् ढोग्दैछु प्रीया
जति गर्यो मनबाट जाने हैन तिम्रो तस्विर
भुलाउन तिमीलाई नै जाँड धोक्दैछु प्रीया
खाली हुन्न दिन रात मेरो जाँड रक्सीले
मर्ने गरी चुरोट उडाई खोक्दैछु प्रीया
तिमीलाई मैले टाँसिसकेँ मेरै छाती माथि
आफ्नो छाती आफ्नै हातले ठोक्दैछु प्रीया
गरेँ गर्ने जति मैले बाँकी नराखी गरेछु
भट्टी जाँदै तिम्रो याद मैले रोक्दैछु प्रीया
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
srbinod@gmail.com
