Skip to content

तीन फिट्की नानी (केही मुक्तक)



तीन फिट्की नानी हजुर दुई फिटको हिल लाउँछिन
अघि अघि हिँडछिन गाँठे, बिना लाजा छिलाउँछिन
भित्र भित्रै मार्न होलि, सबको नजर पार्न होली
थोत्रो मोबाइल कानमा टाँसी, हावा हावा चिल्लाउँछिन |


जे गर्न नि मिल्छ रातमा, त्यहाँ अहिले बत्ती छैन
केको लाज मान्छौ साथी, नेताको त धोत्ति छैन
सक्नेले त दिन दहाडै, लुट्ने, छुट्ने गर्दै छन्
निरही छौं हामि जनता, ठिक पार्नलाई हुत्ति छैन |


जत्ता-तत्तै यत्ता उति, चल्छ यहाँ राजनीति
बाँकि होइन हत्ता हति, चल्छ यहाँ राजनीति
सक्छौ मारा नत्र मर, कस्तो दिन आयो गाँठे
जस्को शक्ति उस्कै निति, चल्छ यहाँ राजनीति ।


जे जे पर्छ परोस् भागमा, साट्ने भए साटौं जीवन
कि त सँगै हाँसी-खुशी, काट्ने भए काटौं जीवन
सबले भन्छन् दु:ख पिडा, आफु माथि मात्र छन् रे
कस्को बाट झर्छ धेर् पीर्, माड्ने भए माडौं जीवन ।


छिटै आउनु भन्छिन उनि, खै के रहर लाग्यो रे
बसन्त यो ऋतु संगै उन्म नि बहर लाग्यो रे
मेरो बाटो नहेर्नु माइली, अन्तै बिचार गर भन्दा
जोडी मिल्ने छैन कोही, सबै युवा शहर लाग्यो रे

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *