के चाहिन्छ सोधी हेरें, सिफन सारी किन्छु भनिन् ।
अझै राम्री हुन्छु भन्दै, सज्जा भारी किन्छु भनिन् ।।
उनी राम्री हुनुभित्र, म, राम्रीको राम्रो हुँ रे ।
बगैंचामा फूल फुलाउन, एक हजारी किन्छु भनिन् ।।
“धेरैतिर बल नगर, आवश्यक मात्र खोज” ।
बरु भोकै बस्छु हेर, पेट मारी किन्छु भनिन् ।।
न म माली न हुँ मालिक, सम्पत्तिको श्रेष्तेदार ।
राज उनले चलाउने रे, बरु भकारी किन्छु भनिन् ।।
मिति २०६८/१०/१७

Very Nice
Keep it up Kamal ji !! wow wow!