Skip to content

अन्तै बसाई सारेपछि


सुगन्धित पुष्प खोज्छौ कोपिला नै झारेपछि
के अर्थ भो फूल छरी हिड्ने बाटै बारेपछि

यो जुनिमा तिम्रै हुँ म भन्थ्यौ शिरमा हात राखी
व्यर्थ भयो कसम खाको आज एक्लै पारेपछि

के भयो र मैले तिमीलाई चोखो जोवान सुम्पेर नि
तिमीले भने भवरा भई फूलहरू चारेपछि

म नि खोज्दै आउने छैन गल्ली–गल्ली तिमीलाई
मेरो मुटुबाट तिमीले अन्तै बसाई सारेपछि

First published in Majheri on 2012-02-06 02:35:15 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *