Skip to content

सर नमस्कार

  • by


गरीबीसँग जीवन गुरार्दा सबैले गर्थे मलाई तिरस्कार
जागिर खाए पैसा कमाए तिनैले भन्छन सर नमस्कार

बेरोजगारको भूमरीमा रिङ्गटिदै म ढल्दाखेरी
गरीबको डंडेलोमा भित्र-भित्रै जल्दाखेरी
साहाराको हात माग्दा भन्थे तैले के नै गर्छस ?
यही पाराले जिन्दगानी कहिलेसम्म धान्न सक्छस ?
आज फेरि यिनै महान ठान्छन मेरो विचार
जागिर खाए पैसा कमाए तिनैले भन्छन सर नमस्कार

अनगिन्ती पीडासँगै छट्पटी भई मर्छा पर्दा
पिरोलिदै आँखाबाट रोदनका आँशु झार्दा
सम्हालदिने श्रीमती नै झर्किएर पर सर्छे
साथ दिनु त कता हो कता माईतीको पो घुर्की लाउँछे
आजकाल उही भन्ने गर्छे हजुर नै मेरो विउने आधार
जागिर खाए पैसा कमाए तिनैले भन्छन सर नमस्कार

Leave a Reply

Your email address will not be published. Required fields are marked *