Skip to content

नलोभ्याउ भो तिम्रो रुपले


नलोभ्याउ भो तिम्रो रुपले, छैन मलाई चाह
आखिर कोहि हुन्न हेर, बुझ्ने मनको बह

सबै स्वार्थी भन्न मैले पक्कै खोजे होइन मायालु
धरो-धर्म रुप-रङ्गमा भुल्ने बानि छैन मायालु
झरना सरि आँशु बगी बने पनि दह
आखिर कोहि हुन्न हेर, बुझ्ने मनको बह

निर्दोष ति बादलुलाई हावैले उडाई लान्छ मायालु
माया गर्ने नाममा मुटु चुड़ाई लान्छ मायालु
बगाउछु म एक्लै आँशु रित्योस बरु गह
आखिर कोहि हुन्न हेर, बुझ्ने मनको बह

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *