बरु विष देउ मार, झुट सहन्न म।
मागी हेर ज्यान दिन्छु, लुट सहन्न म।।
भिड्न तयार छु हरेक चुनौतीसँग
सामुन्ने प्रहार गर, गुट सहन्न म।।
जिन्दगी तिम्रै नाममा समर्पित गरेँ
यो मुटु पुरा लैजाउ, फुट सहन्न म।।
किन दिन्छौ चोटहरू किस्ताबन्दीमा
एकैचोटी देउ बरु, छुट सहन्न म।।
बरु विष देउ मार, झुट सहन्न म।
मागी हेर ज्यान दिन्छु, लुट सहन्न म।।
-कौशल किरण”उदास:
रेगिस्तानबाट
